युएईविरुद्धकाे एकदिवसीय शृंखला नेपालले जित्यो « Khabarhub

युएईविरुद्धकाे एकदिवसीय शृंखला नेपालले जित्यो


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखला जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा जीत हासिल गरेसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जीत निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे ।

एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०‍ ओभर १ बलमा ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य भेट्टायो । नेपालको जितमा दुई खेलाडीले अर्धसतक बनाए । आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए ।

आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहति ६४ रन बनाएर पेभिलियन फर्किए । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु आउट भएका थिए । यी दुई ब्याटरले दोस्रो विकेटको लागि एक सय २२ रनको बलियो साझेदारी गरेका थिए । दोस्रो विकेटको लागि नेपालले गरेको यो उच्च साझेदारी हो ।

यसअघि ओपनर अर्जुन साउदले ३३ बलमा ९ रनमात्रै बनाएका थिए । कप्तान रोहितकुमार पौडेलले १० रनको योगदान गरे । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३ रनमा ९ विकेट गुमाएको स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युएई सम्मानजनक स्कोरमा पुगेको थियो ।

आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए । रोहन मुस्तफाले ५६ बलमा २ चौका मद्दतमा २४ रन जोडे ।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए ।

यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपालले सिरिज बराबरी गरेको थियो । अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ०० बजे

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको