उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

यसअघि बिहीबारमात्र उत्तरले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको बताइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्र जापानको तटबाट २ सय किलोमिटर टाढा गई खसेको थियो । जापानी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यस क्षेप्यास्त्रले अमेरिकी मुख्यभूमिसम्म मार हान्ने क्षमता राख्दछ ।

एसिया प्रशान्त आर्थिक सहयोग एपेकको सम्मेलनका लागि थाइल्याण्ड भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको निन्दा गरेकी छिन् । उनीसँगै दक्षिण कोरिया, क्यानाडा, जापान, अष्ट्रेलिया, न्युजिल्याण्डका नेताहरुले पनि क्षेप्यास्त्र परीक्षणको निन्दा गरेको रोयटर्सले जनाएको छ ।

पछिल्लो समय उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको बताइएको छ । उत्तर कोरियाले आणविक परीक्षण गरेको खण्डमा त्यसले कोरियाली प्रायद्विपमा थप अस्थीरता निम्त्याउने भन्दै चिन्ता उत्पन्न हुँदै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ११ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान