निर्वाचनको लाइभ अपडेट खबरहबको चुनावी पोर्टलमा हेर्न सकिने « Khabarhub

निर्वाचनको लाइभ अपडेट खबरहबको चुनावी पोर्टलमा हेर्न सकिने


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : खबरहब डटकमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन– २०७९ को चुनावी पोर्टल election.khabarhub.com सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने मतदान, मतपरिणामदेखि उम्मेद्वारको विस्तृत विवरण समेटिएको पोर्टल शुक्रबारदेखि सार्वजनिक गरिएको हो ।

चुनावी पोर्टलमा प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरु भएपछि सबै लाइभ अपडेट पोर्टलमा हेर्न सकिनेछ । त्यसका साथै उम्मेद्वारको विस्तृत विवरण र यसअघिका चुनावको पनि सम्पूर्ण विवरणसहितको तथ्यांक पोर्टलमै हेर्न सकिनेछ ।

यसका साथै पोर्टलमा अहिलेको मतपरिणामलाई यसअघिको परिणामहरु हेर्न र तुलना गर्न सकिनेछ। पोर्टलमा प्रतिनिधिसभाका मुख्य प्रतिस्पर्धीहरुसँगै उम्मेदवारहरुको संक्षिप्त विवरणहरु समावेश गरिएको छ।

खबरहबको चुनावी पोर्टलमा प्रतिनिधिसभा, प्रदेशसभा, यसअघि भएको स्थानीय तहको चुनावको साथै पाँच वर्षअघिको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सम्पूर्ण विवरण उपलब्ध छ ।

मतदान सकिएलगत्तै मंसिर ४ गते बेलूकीदेखि सुरु हुने मतपरिणामको सम्पूर्ण जानकारी खबरहबकै चुनावी पोर्टलमा हेर्न सकिनेछ । झण्डै २० लाख डाटा सुरक्षित राखिएको खबरहबको चुनावी पोर्टलमा वर्तमान चुनावी मतपरिणाम र यसअघिका चुनावी परिणाम पनि सजिलै हेर्न सकिनेछ ।

त्यसबाहेक मतगणना चलिरहेका बेला अग्रता बढाइरहेका उम्मेद्वार, विजयी भएका उम्मेद्वार र निरन्तर एक अर्कालाई पछ्याइरहेका उम्मेद्वारबारे पनि समाचार, समाचार सामग्री, विश्लेषण तथा केही प्रोफाइल पनि खबरहबको चुनावी पोर्टलमै हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : ४० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका