विरोध प्रदर्शनको समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ « Khabarhub

विरोध प्रदर्शनको समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तेहरान – हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको छ।

इरानी सञ्चार माध्यमका अनुसार ३८ वर्षीय तरानेह अलिदुस्तीलाई पक्राउ गरिएको हो। ‘झुटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ।

उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान’’ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्।

अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो।

इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन्।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ०७ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास