चिया बेचेर मासिक ९० हजार कमाइ « Khabarhub

चिया बेचेर मासिक ९० हजार कमाइ


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा – गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।

यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन्।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन्। बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्छिन्। “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उनी भन्छिन्, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ। ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन्।

माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन्। यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन्। उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो। यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन्। मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन्। तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उहाँले निरन्तर चिया बेचिरहेकी छन्।

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन्। “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उनी भन्छिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उनले भनिन्। तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले सुनाइन्। उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्कन्छिन्। त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्किन्छन्। तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन्। आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ। कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन्। कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन्।

उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन्। उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्। विपनाका बुवा हरिबहादुर कृषक हुन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छन्। चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन्। उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन्। लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको बुझाइ छ। विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ३५ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण