सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति | Khabarhub Khabarhub

सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको हो ।

जिल्लाको फुङबोचेका २५, रिङमुका १४, फेरोका ४२, नेले, फाप्लु, लुरा, तामाखानी र गार्मा एक सय ३०, काकु र खास्तावका ८०, हेवाका ५०, चारघरे, सालाबेँसी र तुम्बुकका एक सय ५९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संस्थाका नेपाल संयोजक निमा शेर्पाले बताए ।

गत मङ्सिर २५ गतेबाट सुरु भएको छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सकिएको संस्थाले जनाएको छ । विगत लामो समयदेखि लोरेन नेपालले सोलुखुम्बुका विभिन्न क्षेत्रका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’