तरकारी र फलफूलको मूल्य आज कति?  « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति? 


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको नयाँ मूल्य निर्धारण गरेको छ ।

समितिले निर्धारण गरेको विवरणअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ४१ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ८५ रुपैयाँ, चम्सुरको साग ८५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ र हरियो धनियाँ ५५ रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : ३५ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना