जापानी ग्रान्ड मास्टर शिनको ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक सार्वजनिक « Khabarhub

जापानी ग्रान्ड मास्टर शिनको ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक सार्वजनिक


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालमा तेक्वान्दो खेलको सुरुवात र विकासबारे चर्चा गरिएको छ। नेपालमा तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनले लेखेको ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तकमा तेक्वान्दोबारे इतिहास समेटिएको छ।

पुस्तकमा नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जेके शिनको योगदान र यसमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरूको  भूमिकाबारे चर्चा गरिएको छ। नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने पुस्तकमा रोचक जानकारी दिइएको छ।

क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगेडियर जनरल डा. सुधा सेन मल्ल, लेफ्टिनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र इन्द्र गुरुङ चिफ ग्रान्ड मास्टर जेके शिनका शिष्यहरू हुन्। नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडियर जनरल  डा. मल्ल हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जेके शिनले गरेको योगदान सदैव अविस्मरणीय रहने बताए। ‘ओलम्पिकमा हाम्रो नेपाल पछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ। तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरूको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने।

पूर्वमन्त्री केशरबहादुर विष्टले जेके शिन नै नेपालको आधिकारिक तेक्वान्दो स्थापक रहेको बताए। नेपाल तेक्वान्दो एसोसिएसनका उपाध्यक्ष एवं पूर्वमन्त्री किसान श्रेष्ठले यस खेलको विकासका लागि आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

चिफ ग्रान्ड मास्टर जेके शिनले नेपालमा मार्सल आट्र्सले जीवनलाई सधैँ ताजा र जीवन्त राख्ने सन्देश दिए। उनले तत्कालीन समयमा जुन स्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो, त्यसमा आएको ह्रासप्रति चिन्ता व्यक्त गरे।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : २६ बजे

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा