कालीकोटमा लोप हुँदै गएका चितुवा भेटिन थाले « Khabarhub

कालीकोटमा लोप हुँदै गएका चितुवा भेटिन थाले


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटमा लोप हुँदै गएका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् ।

चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् ।

जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु बताउँछन् । गत शुक्रबार बेलुका ६ः१५ बजे कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–२ को कोट खर्कमा चितुवा भेटिएको थियो ।

मोटरसाइकलमा सवार रहेका बेलामा कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका–९ डाँफे माध्यमिक विद्यालयका प्रधानध्यापक हीरामणी सिम्खडाले चितुवा देखिएको बताए ।

“कर्णाली करिडोर हुँदै यात्रा गर्दा मैले चितुवा देखेको हुँ”, उनले भने, “दुर्लभ हुँदै गएको चितुवा कर्णाली करिडोर क्षेत्रमा भेटिएको हो ।”

चितुवा भेटिएको ठाउँ अलि फरक खालको भएकाले आफू अचम्मित भएको प्रधानाध्यापक सिम्खडाको भनाइ छ । “बस्ती भएको ठाउँ र निकै व्यस्त रहने सडक नजिक चितुवा भेटिएको छ”, उनले भने, “यस क्षेत्रमा लामो समयपछि चितुवा देखिएको हो ।”

विगतमा चितुवाले भेडाबाख्रा, गाईभैँसीलाई गोठमा नै आएर आफ्नो आहारा बनाउने गरेकोमा करिब १५/२० वर्ष यता चितुवाले यस क्षेत्रमा दुःख दिएको थिएन । तर अहिले गाउँमा दुई वटा बाख्रा र एउटा गाई मारेको नरहरिनाथ गाउँपालिका–९ लालुका ६२ वर्षीया पदमबहादुर शाहीले बताए ।

कालीकोट जिल्लामा यसभन्दा अघि कतै नदेखिएको चितुवा अहिले केही ठाउँमा देखिएको सुन्नमा आएको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख रमेशकुमार गिरीको भनाइ छ ।

“चितुवा हिमाली जिल्लामा देखिँदैनथ्यो । चितुवा खास गरी तराई, चुरे भावर र पहाडी जिल्लामा बसोबास गर्छ”, उनले भने, “हिमाली जिल्लामा चितुवा देखिन बासस्थान, आहारा र पानीको खोजीका कारणले हुनसक्छ ।”

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ५७ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले