एमाले प्रतिपक्षमा बस्छ : महासचिव शङ्कर पोखरेल « Khabarhub

एमाले प्रतिपक्षमा बस्छ : महासचिव शङ्कर पोखरेल


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् ।

आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।

“एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।”

अहिले पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको तर त्यसभित्र पनि कुनै पनि दललाई बहुमत प्राप्त नभएको उनको भनाइ छ ।

प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायलाई उम्मेदवार बनाएर विजयी बनाउने पार्टीका रुपमा नेकपा एमाले पहिलो पार्टी बनेको उनको दाबी छ । कार्यक्रममा गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्पीडित समुदायका १७ सांसदलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : ५० बजे

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई

अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै

चीनविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण गरिने

काभ्रेपलाञ्चोक– बाढीपहिरोले बगाएका काभ्रेका ६ वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने