भरुवा बन्दुक र खुकुरीसहित सोलुखुम्बुबाट दुई जना पक्राउ « Khabarhub

भरुवा बन्दुक र खुकुरीसहित सोलुखुम्बुबाट दुई जना पक्राउ


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले भरुवा बन्दुक र खुकुरीसहित सोलुखुम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । माप्य दुधकोशी गाउँपालिका–२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई १ थान भरुवा बन्दुकसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोलु दुधकुण्ड नगरपालिका–१ छिर्दी खोलास्थित निर्माणाधीन पुलका कामदारहरुलाई उनीहरूले धाकधम्की दिई कामदारहरूको मोबाइलसमेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : २२ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज