कांग्रेसद्वारा संसदीय दलको नेता चयन प्रक्रिया सुरु « Khabarhub

कांग्रेसद्वारा संसदीय दलको नेता चयन प्रक्रिया सुरु


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले अब दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।

बैठकमा चाँडै संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ । यसअघि कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको नेताको चुनाव आगामी बुधबार हुने बताएका थिए ।

यस्तै, कांग्रेसले प्रदेश सरकारका विषयमा आवश्यकता रणनीति बनाउन तथा अन्य दलहरूसँग वार्ता गर्न प्रदेश समितिलाई अधिकार दिएको छ । कार्यसम्पादन समितिको बैठकले प्रदेश समितिलाई यस्तो अधिकार प्रत्यायोजन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रदेश संसदीय दल र प्रदेशमा सरकार बनाउने विषयमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा अन्य दलहरूसँग छलफल गर्न निर्देशन दिएको उनले बताए । केन्द्रको यो निर्णयसँगै अब कांग्रेस प्रदेश कार्यसमितिहरूले आ आफ्नो प्रदेशमा संसदीय दलको नेता चयन र सरकार बनाउन बाटो खुला भएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : २६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते