अख्तियारद्वारा तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष लामाविरुद्ध राजस्व चुहावटको मुद्दा « Khabarhub

अख्तियारद्वारा तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष लामाविरुद्ध राजस्व चुहावटको मुद्दा


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका तत्कालिन अध्यक्ष सलाम सिं लामा विरुद्ध राजस्व चुहावट आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

लामाले कर्मचारी र व्यवसायीहरूसँग मिलेमतो गरेर नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा उनीहरू दोषी देखिएको अख्तियारको दाबी छ ।

उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न व्यक्तिहरूमा अध्यक्ष लामा, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, एएण्ड डिबि कन्ष्ट्रक्सन प्रालिका संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका संचालक राम चन्द्रप्रसाद प्रधानाङ्गविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

त्यसैगरी सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगाल, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र दुवाकोट कन्स्ट्रक्सन प्रालिका आधिकारिक प्रतिनिधि सत्यमान लामा उपर कानुनबामोजिम सजायको मागदाबी गर्दै अख्तियार आज आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ३२ बजे

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।