अख्तियारद्वारा तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष लामाविरुद्ध राजस्व चुहावटको मुद्दा « Khabarhub

अख्तियारद्वारा तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष लामाविरुद्ध राजस्व चुहावटको मुद्दा


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका तत्कालिन अध्यक्ष सलाम सिं लामा विरुद्ध राजस्व चुहावट आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

लामाले कर्मचारी र व्यवसायीहरूसँग मिलेमतो गरेर नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा उनीहरू दोषी देखिएको अख्तियारको दाबी छ ।

उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न व्यक्तिहरूमा अध्यक्ष लामा, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, एएण्ड डिबि कन्ष्ट्रक्सन प्रालिका संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका संचालक राम चन्द्रप्रसाद प्रधानाङ्गविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

त्यसैगरी सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगाल, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र दुवाकोट कन्स्ट्रक्सन प्रालिका आधिकारिक प्रतिनिधि सत्यमान लामा उपर कानुनबामोजिम सजायको मागदाबी गर्दै अख्तियार आज आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ३२ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण