राजनीति

चोलेन्द्र प्रकरणमा संसदका महासचिव गौतमको जवाफ : महाअभियोगबारे मैले निर्णय गरेको हैन

By खबरहब

December 18, 2022

काठमाडौँ- संघीय संसदका महासचिव डा. भरतराज गौतमले तत्कालीन प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको दाबी गरेका छन् ।

उनले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको जवाफमा उनले यस्तो बताएका हुन् । उनले महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पठाएका छन् ।