फाइल तस्वीर

राजनीति

माधव नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता

By खबरहब

December 18, 2022

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरुबीच आइतबार भेटवार्ता भएको हो । निर्वाचनमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरुको दौडधुप बढेको हो ।

मुलुक अहिले अस्थिरता तर्फ जान लागिरहेकाले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न अध्यक्ष नेपालसँग ठाकुर र गौतमले आग्रह गरेको एकीकृत समाजबादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । त्यस्तै उनले नेकपा समाजवादीको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको भन्दै गठबन्धनको भावना र मर्म अनुसार अघि बढ्ने निर्णय भएको बताए ।

बैठकले सोमबार पार्टीको संसदीय दलको नेता छनौट गर्न बैठक बोलाएको पनि उनले जानकारी दिए ।