आमादब्लम हिमालमा खुट्टा मर्किएका स्पेनी आरोहीको सिम्रीक एयरद्वारा उद्धार « Khabarhub

आमादब्लम हिमालमा खुट्टा मर्किएका स्पेनी आरोहीको सिम्रीक एयरद्वारा उद्धार


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोलुखुम्बुस्थित आमादब्लम हिमाल आरोहणका क्रममा चिप्लिएर खुट्टा मर्किएका स्पेनी ओरोहीको उद्धार गरिएको छ । स्पेनी नागरिक जापाता लोपेज सोजे म्यानुएललाई आमादब्लम हिमालको ६ हजार ३०० मिटरको उचाइबाट उद्धार गरिएको हो ।

सिम्रीक एयरले उनको उद्धार गरेको हो । सिम्रीक एअरले लङ लाइन (डोरीको प्रयोग) रेस्क्यु गरेर उनलाई बेसक्याम्प झारेको थियो । बेसक्याम्पबाट उनलाई उपचारका लागि सिम्रीक एयरकै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

स्रिमीक एयरका पाइलट सिद्धार्थ गुरुङ, उद्धार विशेषज्ञ छिरिङ डेन्डुप भोटे र आङ तासी शेर्पाले लङ लाइनमार्फत आमादब्लम हिमालबाट म्यानुएलको उद्धार गरेका हुन् । सो स्थानमा हेलिकप्टर अवतरण गर्न असम्भव भएकाले लङ लाइन (डोरी) मार्फत म्यानुएलको उद्धार गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : २६ बजे

देशभरका अदालतमा धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी