बिग बास : मेलवर्नविरुद्ध सन्दीपले लिए दुई विकेट « Khabarhub

बिग बास : मेलवर्नविरुद्ध सन्दीपले लिए दुई विकेट


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मंगलबार भएको बिग बास लिग (बीबीएल)मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

लेग स्पिनर लामिछानेले दुई विकेट लिँदा उनी आबद्द होबार्ट हरिकेन्स विजयी भएको छ ।

मेलवर्न रेनेगड्सविरूद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए दुई विकेट लिएका हुन् । ४ ओभरमा उनले १३ बल डट खेल्दा ३ चौका र १ छक्का दिए।

उक्त खेलमा नेपाली कप्तान सन्दीप आबद्ध हरिकेन्स ६ रनले विजयी भयो। पहिलो ब्याटिङ गरेको सन्दीपको टिम हरिकेन्सले ५ विकेटको क्षतिमा १८२ रन जोडेको थियो । उसका लागि कप्तान मेथ्यु वेडले ४८ रन बनाए भने टिम डभिडले नटआउट ४६ रन जोडे।

१८३ रनको लक्ष्य पछ्याएको मेलवर्नले २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रनमा समेटिएको थियो । मेलवर्नका लागि आरोन फिन्चले ७५ र साउन मार्सले ५१ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

यो जितसँगै हरिकेन्सले १२ खेलमा २७ अंक जोडेको छ । हरिेकेन्स लिगको पाँचौ स्थानमा छ। सन्दीपले १३ खेलमा १४ विकेट लिएका छन्।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : ३४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु