सुर्खेतका बाढीपीडितका लागि १२ करोड निकासा « Khabarhub

सुर्खेतका बाढीपीडितका लागि १२ करोड निकासा


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो ।

बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु ६१ लाख ८५ हजार राहत रकम पठाए । यस्तै रु दुई करोड बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको मुख्यमन्त्री शाहीले बताए । उनले भने, ‘कर्णालीको बेरोजगारी र गरिबी समाधानका लागि बजेट छुट्टयाइएको हो । रोजगार कार्यक्रमका लागि छनोट भई आएका आयोजनाको कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौँ ।’

प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैंकबाट २०९ र सहकारीबाट ६११ व्यवसायीले अनुदान लिएको र त्यसवापत रु एक करोड ५१ लाख प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीले बताए । प्रदेश सरकारद्वारा ‘कर्णाली प्रदेश प्रसारण नियमावली, २०७६’ संशोधन गरी सञ्चारमाध्यमको आव २०७८-७९ को नवीकरण दस्तुर छुट र रोयल्टी शुल्क एक प्रतिशत झारिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १० : १४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज