विद्युत आपूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित « Khabarhub

विद्युत आपूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि लमजुङमा स्मार्ट लकडाउन लागू गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै स्थानीय प्रशासनले स्मार्ट लकडाउन जारी गरेको हो । प्रशासनले सम्पूर्ण शिक्षण संस्थाहरू पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यतिखेर जिल्लाका सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द छन् ।

जसका कारण अहिले सबै विद्यालयहरूले विद्यार्थीहरूको शिक्षण सिकाइलाई नियमित बनाउनका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । तर, विद्युत् नियमित नहुँदा पढाइ भने प्रभावित बनेको विद्यार्थीहरूले बताएका छन् ।

विद्यालयहरूले कक्षा सञ्चालन गर्दै आएको समय बिहान तथा दिउँसोको समयमै विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षा प्रभावित बनेको हो । लमजुङमा विगत एक सातायता जीर्ण भएका विद्युतीय संरचना मर्मत तथा अपग्रेडिङ कार्यका लागि भन्दै नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले नै विद्युत् आपूर्ति बन्द गर्दै आएको छ ।

केन्द्रले पूर्व जानकारी दिएर नै विद्युत आपूर्ति बन्द गरे पनि यसको प्रत्यक्षमा शिक्षण संस्था तथा विद्यार्थीहरू परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याव्सन लमजुङका सचिव विमल अधिकारीले बताए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १ : ०० बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि