दाङमा चोरीका सामग्रीसहित दुई पक्राउ « Khabarhub

दाङमा चोरीका सामग्रीसहित दुई पक्राउ


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार छन् ।

उनीहरु लामो समयदेखि तुलसीपुर–६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले व्यावसायिकरूपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरुले नै गर्दै आएको प्रनाउ अर्याल बताए । अहिले दुवैलाई पक्राउ गरेको र एक जनाको खोजी जारी छ ।

सिसी क्यामेराको निगरानी र अन्य अनुसन्धानबाट उनीहरु शङ्कास्पद देखिएपछि प्रहरी निरीक्षक झलक शर्माका नेतृत्वमा गएको प्रहरी टोलीले कोठामा छापा मार्दा चोरी गरेका विभिन्न सामग्री भेट्टिएको र यसपछि बरामदसमेत गरेको थियो । उनीहरुको कोठाबाट माछाजस्तो आकार भएको दापसहितको खुकुरी एक थान, राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप एक थान, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देखिने बाला एक थान, चाँदीको सिक्री एक थान, फलामको हतियार नोख एक थान, फलामको तीन फिट तीन इन्च लामो सरिया एक थान,रा१प ५४७३ नंको मोटरसाइकलको दर्ता किताब थानलगायतका बरामद गरिएको छ ।

अहिले यी सामग्रीका मालिक आएर आफ्नो सामान पहिचान गर्ने गरेको समेत प्रहरी नायब उपरीक्षक अर्यालले बताए । उनीहरु यसअघि पनि पक्राउ परेर छुटेको समेत प्रहरीले बताएको छ । माघीकै दिन राती तुलसीपुरको सल्यान रोडका पसल चोरी गर्नेसमेत उनीहरु नै रहेको प्रहरीले बताएको छ । पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीका लागि चुनौती बन्दै गएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : ३५ बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि