रहिनन् २९ वटा डमरुकी आमा ‘कलरवाली’ « Khabarhub

रहिनन् २९ वटा डमरुकी आमा ‘कलरवाली’


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– संसारको सबैभन्दा धेरैपटक तस्वीर खिचिएको बघिनीको रूपमा चर्चित कलरवालीको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको १७ वर्षको उमेरमा यो बघिनीको प्राकृतिक कारणले मृत्यु भएको हो । यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुलाई जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर मम’को घोषणा गरिएको थियो ।

सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुलाई जन्म दिएको पेन्च टाइगर रिजर्भका पदाधिकारीले जनाएका छन् । शनिबार मृत्यु भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिन सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

मुख्यमन्त्रीद्धारा श्रद्धाञ्जली अर्पण
मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले समेत कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

बघिनी अन्तिमपटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६ः१५ मा रहेको जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : २३ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको