नयाँ स्क्रिप्ट पढ्न मनोजलाई छैन फुर्सद « Khabarhub

नयाँ स्क्रिप्ट पढ्न मनोजलाई छैन फुर्सद


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म ‘ग्याङ्स अफ वासेपुर’, ‘स्पेशल २६’, ‘राजनीति’ र ‘फेमिली मेन’ जस्ता लोकप्रिय फिल्मका अभिनेता मनोज बाजपेयी सन् २०२२ मा निकै व्यस्त छन् । उनले सन् २०२३ सम्म कुनै पनि स्क्रिप्ट नपढ्ने निर्णय लिएका छन् ।

मनोजले सन् २०२१ मा राम रेड्डीको अनटाइटल्ट प्रोजेक्ट र कानू बहलको थ्रिलर फिल्मको सुटिङ पुरा गरिसकेका छन् । यसपछि उनी अभिषेक चौबेको फिल्मको काम सुरु गर्दै थिए । तर कोरोनाको बढ्दो मामलालाई ध्यानमा राख्दै फिल्मको सुटिङ हाललाई रोकिएको छ ।

यो रोकिएको फिल्मको काम अब दश दिनको मात्र बाँकी छ । फिल्ममा मनोज अभिनेत्री कोंकण सेन शर्मासँग स्क्रिन शेयर गर्दैछन् । यो फिल्मको सुटिङ सकिनासाथ उनी राहुल चितेलाको प्रोजेक्टमा काम सुरु गर्दैछन् ।

‘म मेरो प्रतिबद्धतामा अडिग छु । मैले ती सबै फिल्मको काम पुरा गर्नुपर्छ, जुन फिल्मका निर्मातासँग मैले प्रतिबद्धता जनाएको छु । यो वर्ष मलाई सन् २०२३ सम्म व्यस्त बनाउनेछ । यहीकारण म नयाँ स्क्रिप्ट पढ्न र त्यसको न्यारेसन लिन असक्षम छु । यो समयमा मसँग कुनै मिति छैन’, उनले भनेका छन् ।

मनोजले सन् १९९४ मा शेखर कपुरको बायोग्राफिकल फिल्म ‘बेण्डिट क्विन’बाट अभिनय सुरुवात गरेका थिए । तर उनले पहिचान भने ‘शूल’बाट पाए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ४५ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर