जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द « Khabarhub

जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, सङ्घसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको उल्लेख छ ।

शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने उहाँद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ४ : ०० बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ