कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त « Khabarhub

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् ।

सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि कांग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेवारी दिन सकेका छैनन् ।

गत मंगलबार माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले पूर्ववत् सहमतिअनुसार चार मन्त्रालय पाउनुपर्ने अडान दोहोर्‍याएपछि मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तारमा थप कठिनाइ परेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १० : ०० बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि