सक्कली र नक्कली दूध कसरी चिन्ने ? तरिका थाहा पाउनुहोस् « Khabarhub

सक्कली र नक्कली दूध कसरी चिन्ने ? तरिका थाहा पाउनुहोस्


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई स्वास्थ्य राख्न नियमित दूध पिउनु लाभदायी हुन्छ तर बजारबाट ल्याउने तयारी दूध अशुद्ध हुन पनि सक्छ । यस्तोमा नक्कली दूध कसरी छुट्टाउने त ? दूधको गुणस्तर दूध दिने प्राणी, त्यसले सेवन गर्ने खानेकुरा र त्यसको प्रजाति आदिमा निर्भर हुन्छ । लोकल गाईको दूध बढी स्तरीय मानिन्छ । यस्तै खुल्ला चरनमा छाडिने गाई, भैँसीको पनि दूध गुणस्तरीय हुन्छ ।

के-के मिसावट हुन्छ ?

– दूधका पानी मिसाउने सम्भावना धेरै हुन्छ ।
– दूधमा दूषित पानी मिसाइएको भए यसले शरीरमा सोझो असर गर्छ ।
– कतिपयले दूधमा युरिया जस्ता हानिकारक केमिकल पनि मिश्रण गर्छन् ।
– सिन्थेटिक जस्ता रसायन समेत मिश्रण गरेर दूधको मात्रा बढाइन्छ ।

कसरी बन्छ नक्कली दूध ?

नक्कली दूध विक्री गर्नेले सिन्थेटिकको प्रयोग गर्न सक्छन् । सिन्थेटिक दूध बनाउनका लागि दूधमा थोरै युरिया हालेर हल्का आँचमा उमालिन्छ । त्यसमा कपडा धुने डिटर्जेन्ट पाउडर, सोडा स्टार्च, वासिङ पाउडर आदि मिसाउने गर्दछन् । त्यसलाई दूध जस्तै देखाउनका लागि केही असली दूध पनि मिसाइन्छ ।

यसरी थाहा पाउनुहोस् नक्कली दूध

१. दूध अस्वाभाविक पहेँलो रङ्गको भए, स्वाद भिन्नै छ भने त्यसमा शंका गर्नुपर्छ ।

२. दूधको एक थोपा औलामा लिएर रगड्ने, यदि त्यसमा चिप्लो पदार्थ टाँसिएजस्तो हुन्छ भने त्यो दूध अशुद्ध हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : २५ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने