काठमाडौँमा एक हप्तादेखि फोहोर उठेन, महानगरले भन्यो- कुहिने फोहोर आफैँ व्यवस्थापन गर्नू | Khabarhub Khabarhub

काठमाडौँमा एक हप्तादेखि फोहोर उठेन, महानगरले भन्यो- कुहिने फोहोर आफैँ व्यवस्थापन गर्नू


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट फोहार उठन छाडेको हो । काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ ।

महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकाबासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुनिे र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन अनुरोध गरिन्छ । ’नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएक्को छ ।

उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तर,मडखु-तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ ।

उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर-ट्रकले नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल फोहोर लैजाने गर्छन्। दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन्।

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ। उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ३१ बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल