चितवनमा सात महिनामा २६० फरार अभियुक्त पक्राउ « Khabarhub

चितवनमा सात महिनामा २६० फरार अभियुक्त पक्राउ


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका रहेका छन् । यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसुर र लागुऔषध मुद्दामा उनीहरुलाई पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका क्रममा कार्यालयले पक्राउ परेका उनीहरुबाट ८७ वर्ष आठ महिना, २३ दिन कैद सजाय र रु एक करोड ३४ लाख १६ हजार १७९ जरिवानासमेत असुली गरेको छ । अधिकारीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका लागि आएका पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : ४५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष