विश्वकप छनोट: दोस्रो जितको दाउमा नेपाल « Khabarhub

विश्वकप छनोट: दोस्रो जितको दाउमा नेपाल


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसीसी टी- २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइलनमा पुग्ने लक्ष्यमा हुनेछ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११:४५ बजेदेखि सुरु हुनेछ।

नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो।

शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ। सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ।

प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १० : ३५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष