दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने | Khabarhub Khabarhub

दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रूत गतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ । सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडको ओमिक्रोन सङ्क्रमणले स्वास्थ्य क्षेत्रलाई विशेष चुनौति सिर्जना गरेको छ ।

तुलनात्मक रुपमा कम मृत्यु र अस्पतालमा भर्ना भएका समय पनि नौ हप्ताका लागि कडा सामाजिक दूरीसम्बन्धी गत नौ हप्ताका लागि गरिएको दिशानिर्देशले साना व्यवसाय र लगानीकर्तालाई आर्थिक दबाव परेको मन्त्रालयले बताएको छ ।

नयाँ निर्देशिकाअनुसार निजी जमघटका लागि अनुमति लिएका व्यक्तिको अधिकतम सङ्ख्या देशव्यापी रूपमा छ जनाको रहेको छ । तर व्यवसायीक घन्टे कर्फ्यु भने एक घण्टा लम्बिने छ ।

रेस्टुरेन्ट, क्याफे, भित्री खेलकुद भवन र कराओकेका साथै रात्रिकालीन मनोरञ्जनका साथै बार र रात्रिकालीन मनोरञ्जन सुविधाहरू स्थानीय समयको १०ः०० बजेसम्म खोल्न अनुमति दिइनेछ ।

शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख दुई हजार २११ जनामा कोभिड पुष्टि भएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा करिब नौ हजारले कमी हो ।

यससँगै अहिलेसम्म कोभिड सङ्क्रमितको कूल सङ्ख्या १८ लाख ५८ हजारभन्दा पुगेको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितहरूको सङ्ख्या करिब ४०० रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १२ : १८ बजे

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम