यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको छ : बाइडेन | Khabarhub Khabarhub

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको छ : बाइडेन


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन् ।

अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका यूक्रेनी गाउँ तथा शहरमात्र निशानामा नरहने वाइडेनको भनाइ रहेको छ । रूसको आक्रमणको निशानामा राजधानी किभ पनि पर्नसक्ने उनले बताए ।

यद्यपि,केही यूरोपेली मुलुकहरू र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीहरूले बताउँदै आएका छन् । यूक्रेनमाथिको आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूहरूले निष्तिेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्रहरू लागि परेको र ‘यूक्रेन आक्रमणबारे’ अफबाह मात्र फैलाइरहेको रूसी अधिकारीहरूले दावी गरेका छन्।

रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनाबटी सङ्कटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रहरूको छ । अमेरिकाले एक लाख ६९ हजार देखि करिब दुई लाख रुसी सैनिकहरू युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आँकलन गरेको छ । त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ ।

यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधारहरू रहेको बताएका छन् । राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले भने, ‘अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन् ।’

यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । तर उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताएका छन् ।

यसअघि शुक्रवार रूसनिकट मानिने यूक्रेनी नेताहरूले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए । तर, उक्त समाचारलाई युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै खण्डन गर्दै आएको छ ।

रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ । त्यहाँको द्वन्द्वमा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १२ : ४० बजे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएको छ : मन्त्री दाहाल

ललितपुर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु

रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवाद अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही

रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु

मस्को- रुस र उत्तर कोरियाबीच सीधा हवाई उडान सुरु भएको

प्रचारप्रसार अभावले ओझेलमा रिकुका होमस्टे

दोलखा– स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर दुई