भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण « Khabarhub

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँचदिने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै महिलाको आयआर्जन बढाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।

परम्परागत कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यले तालिम केन्द्रित गरिएको आयोजकले जनाएको छ । तालिममा सहभागी महिलालाई मौसमअनुसार उपयुक्त तरकारी छनोट, उन्नत खेती प्रविधि, प्लास्टिक टनेल निर्माण तथा टनेलभित्र तरकारी उत्पादन, जैविक मल तथा जैविक विषादी बनाउने तरिका, बीउ–बिजनको ब्याड तयारी, सिँचाइ व्यवस्थापन तथा रोग–किरा नियन्त्रणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको छ ।

वडाअध्यक्ष नरबहादुर राईका अनुसार महिलालाई सीपमूलक तालिममार्फत उद्यमसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । उनले तालिममा सहभागी २५ जना महिलालाई आवश्यक बीउ–बिजनसँगै ८५ प्रतिशत अनुदानमा एक–एक थान प्लास्टिक टनेल वितरण गरिएको जानकारी दिए । ‘महिलालाई कृषि उद्यममा जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती तालिम दिएका हौँ,’ वडाअध्यक्ष राईले भने, ‘तालिमपछि महिलाले आफ्नै खेतबारीमा व्यावसायिक तरकारीखेती गरी नियमित आम्दानी लिन सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।’

तालिममा सहभागी महिलाले सिकेका सीप व्यवहारमा उतार्दै सामूहिक तथा व्यक्तिगत रूपमा व्यावसायिक तरकारीखेती गर्ने बताएका छन् । यसबाट बाहिरबाट आयात हुने तरकारीमा निर्भरता घटनाका साथै स्थानीय बजारमा ताजा र गुणस्तरीय तरकारीको आपूर्ति बढ्ने उनीहरुको भनाइ छ ।

सहभागी महिलाहरूले आगामी दिनमा उत्पादन भएका तरकारीको बजारीकरण, निरन्तर प्राविधिक सहयोग तथा थप अनुदान कार्यक्रम आवश्यक रहेको बताएका छन् । यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तिकरणसँगै गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । टेम्केमैयुङ गाउँपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । (रासस)

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : २५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित