यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको छ : बाइडेन « Khabarhub

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको छ : बाइडेन


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन् ।

अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका यूक्रेनी गाउँ तथा शहरमात्र निशानामा नरहने वाइडेनको भनाइ रहेको छ । रूसको आक्रमणको निशानामा राजधानी किभ पनि पर्नसक्ने उनले बताए ।

यद्यपि,केही यूरोपेली मुलुकहरू र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीहरूले बताउँदै आएका छन् । यूक्रेनमाथिको आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूहरूले निष्तिेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्रहरू लागि परेको र ‘यूक्रेन आक्रमणबारे’ अफबाह मात्र फैलाइरहेको रूसी अधिकारीहरूले दावी गरेका छन्।

रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनाबटी सङ्कटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रहरूको छ । अमेरिकाले एक लाख ६९ हजार देखि करिब दुई लाख रुसी सैनिकहरू युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आँकलन गरेको छ । त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ ।

यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधारहरू रहेको बताएका छन् । राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले भने, ‘अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन् ।’

यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । तर उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताएका छन् ।

यसअघि शुक्रवार रूसनिकट मानिने यूक्रेनी नेताहरूले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए । तर, उक्त समाचारलाई युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै खण्डन गर्दै आएको छ ।

रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ । त्यहाँको द्वन्द्वमा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १२ : ४० बजे

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३’ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा