नक्कली मह बिक्री गर्ने एक पक्राउ « Khabarhub

नक्कली मह बिक्री गर्ने एक पक्राउ


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह जस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय अन्देश करौडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले करौडीलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग बाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले करौडीलाई नियन्त्रणमा लिएको हो । करौडीसँगै रहेका अर्का एक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाका बजारमा यस अघिदेखि नै नक्कली मह बिक्री हुने गरेको जनगुनासो छ । तराईबाट आउने व्यवसायीले प्रतिबोटल साँढे सात सयका दरले मह बिक्री गर्ने गरेका छन् । खरिद गरेर राखेको मह केही समयपछि डल्लो पर्ने र सड्ने गरेको उद्योग बाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ४५ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर