गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर « Khabarhub

गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन् ।

आदिवासी, मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको झापा गाउँपालिकाको दुई वर्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय महिला पालिकमै रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आए पनि बच्चा जन्माउन भने दमक र विर्तामोडका ठूला अस्पताल नै धाउने गरेको तथ्याङ्कले देखाएको छ । पालिकाको कामाटोली बजारमा विगत पाँच वर्षदेखि सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा छ । तर, विगत दुई वर्षको अवधिमा पालिकामा तीन हजार ११७ बालबालिकाको जन्म भए तापनि सो बर्थिङ सेन्टरमा भने ४४ को मात्र जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण विकले बताए

पालिकाले स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो । जहाँ सुत्केरी गराउने जनशक्ति र उपकरण पर्याप्त छ । सहर धाउन नसक्ने अतिविपन्न समुदायका नगन्य महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्याङ्कले देखाएको छ ।

उनका अनुसार सेन्टरमा आर्थिक वर्ष २०७७÷०७८ मा ११ र २०७६÷०७७ मा २३ जना सुत्केरी भएका छन् । सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उनले बताए । उनले गर्भवती हुने महिला पहिलोपटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको बताए ।

गतबर्ष पहिलोपटक महिनावारी रोकिएका २२४ ले स्वास्थ्य जाँच गराएका थिए । दोस्रोपटक जाँच गराउनेको सङ्ख्या घटेर १५४ मा सीमित भएको थियो । तीमध्ये पनि चौथोपटक जाँच गराउन आउनेको सङ्ख्या ७८ रहेको थियो । प्रसूति हुनेको सङ्ख्या ११ रहेको उनको भनाइ छ । ‘पैसा हुनेहरु विराटनगर, बिर्तामोडतिर जान्छन्’, प्रमुख विकले भने, ‘चौबीसै घण्टा सेवा दिइरहेको हाम्रो बर्थिङ सेन्टरमा भने पैसा नहुने अति गरिब मात्र आउँछन् ।’

उनले गर्भवती भएपछि महिला नियमित लिनुपर्ने खोप र औषधिका लागि मात्र आउने गरेको बताए । बर्थिङ सेन्टरमा आवश्यक उपकरण र सामग्री पर्याप्त रहेको बताउँदै उनी भन्छन्, ‘अस्पतालमै सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने चेतना चाहिँ मान्छेमा आयो तर आफ्नै स्थानमा भएको सेन्टरको सेवाप्रति विश्वस्त बनाउन अझै बाँकी देखियो ।’

गाउँपालिकाका पञ्जीकरण शाखाका कर्मचारी रोहित कर्णले आव २०७७÷०७८ मा दुई हजार १८ बालबालिकाको जन्मदर्ता भएको बताउनुभयो । जसमध्ये ९८७ बालिका र एक हजार ३१ बालक रहेको उहाँको भनाइ छ । यसैगरी अघिल्लो आव २०७६÷०७७ मा एक हजार ९९ को जन्मदर्ता भएकोमा ५५६ बालक र ५४३ बालिका रहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : ०० बजे

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा