दाङमा एक जनाको हत्या, श्रीमती र प्रेमी पक्राउ « Khabarhub

दाङमा एक जनाको हत्या, श्रीमती र प्रेमी पक्राउ


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका–३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका–३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नआएको भन्दै खोजतलासका लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले फागुन ५ गते गढवा गाउँपालिका–२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

घटना शङ्कास्पद देखिएपछि प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमान्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र शरीर राप्ती नदीमा फालेको प्रहरीका अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : २७ बजे

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा