मधेश प्रदेशमा मावनअधिकार उल्लंघनका ७ हजार ५८ घटनाः इन्सेक « Khabarhub

मधेश प्रदेशमा मावनअधिकार उल्लंघनका ७ हजार ५८ घटनाः इन्सेक


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– इन्सेकले मधेश प्रदेशमा सन् २०२१ मा ७ हजारभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

जनकपुरधाममा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको कार्यक्रम गरी मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको हो । पुस्तकमा मधेश प्रदेशमा सन् २०२१ मा ७ हजार ५८ वटा घटना मानवअधिकार

उल्लंघनसँग जोडिएको उल्लेख छ । त्यस्तै, अपहरणका २४, पक्राउसम्बन्धी ३, महिला अघिकार उल्लंघनका २ सय २८, बाल अधिकार उल्लंघनका २२३ घटना भएको उल्लेख छ ।

कार्यक्रममा जनकपुर उच्च अदालतका न्यायाधीश हरिप्रसाद बंगाले, मधेश प्रदेशसभा सांसद मञ्जु यादव, ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानलगायत सहभागी थिए ।

त्यसक्रममा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गरेवापत् रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १० : ३१ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक