मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ। भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मिरी पण्डित’को मुद्दा ब्युँतिएको छ। फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले चलचित्रलाई चर्चामा ल्याएको हो।
यसको प्रभाव व्यापारमा पनि देखिएको छ। प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले एक सातामा ९७ करोड ३० लाखको व्यापार गरेको छ। पहिलो दिन ६ सय मात्र स्क्रिन पाएको फिल्मले अहिले चार हजार स्क्रिन पाएको छ।
फिल्मले पाइरहेको प्रतिक्रिया र गरिरहेको व्यापार हेर्ने हो भने यसले रेकर्ड बनाउने चर्चा भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकले गरेका छन्।
कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मिरी पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर भइरहेको चर्चा अहिले भारतमा मात्र सीमित छैन। यो विश्वव्यापी रुपमा छलफल हुने विषय बनेको छ।
फिल्मले पाइरहेको प्रतिक्रिया र गरिरहेको व्यापार हेर्ने हो भने यसले रेकर्ड बनाउने चर्चा भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकले गरेका छन्।
मुसलमान बाहुल्यता रहेको कश्मीरमा भारतीय शासनविरुद्ध चलेको सशस्त्र विद्रोह नै सन् १९९० को घटनाको सुरुवात बन्न पुग्यो। अल्पसंख्यकको रुपमा कश्मीरमा रहेका कश्मिरी हिन्दूविरुद्ध लक्षित गर्दै आन्दोलन गर्न थालेपछि कश्मिरी पण्डित आफ्नै घरबाट लखेटिएनन् मात्र केही मारिए पनि। र, धेरैजसो फर्किएनन् घर फर्किएका छैनन्।
भारतीय मिडिया नवभारत टाइम्सका अनुसार त्यहाँ सन् २०१९ देखि सन् २०११ सम्ममा ३ सय ९९ कश्मिरी पण्डितले ज्यान गुमाई सकेका छन्। त्यहाँ रहेका पण्डित नहिजो सुरक्षित थिए, नआज छन्। फिल्मले त्यहाँ रहेकालाई सुरक्षा नरहेको मात्र नभई , पुर्नस्थापना गर्न पनि सरकार चुकेको भाव व्यक्त गरेको छ।
यो प्रश्न फिल्मले उब्जाएको प्रश्न हो। फिल्मले समीक्षकसँगै दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउन थालेपछि पछिल्लो समय १९९० जनवरीमा कश्मिरी पण्डितसँग घटेको घटनाको खोजी हुन् थालेको छ।
के कश्मिरी पण्डित घर फर्किन पाउनेछन् त ? यो प्रश्न फिल्मले उब्जाएको प्रश्न हो। फिल्मले समीक्षकसँगै दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउन थालेपछि पछिल्लो समय १९९० जनवरीमा कश्मिरी पण्डितसँग घटेको घटनाको खोजी हुन् थालेको छ। यसको विषयमा कश्मिरी पण्डित संघर्ष समितिका अध्यक्ष संजय टिक्कुले भारतीय मिडियासँग कुराकानी गरेका छन्। उनी तीन दशक यता त्यहाँ कश्मिरी पण्डितमाथि घटेको घटनाको आवाज बुलन्द बनाउन लागिरहेका छन्।
उनी त्यो ८ सय ८ परिवार भित्र पर्छन्, जसले कश्मीर छाडेनन्। उनीहरु अझैँ संघर्ष नै गरिरहेका छन्। सन् १९८९ र १९९० मा कश्मीर घाटीमा भएको घटनालाई उनले सुनेका मात्र होइन, देखेका पनि छन्। संजयले भारतीय मिडिया वेव दुनियाँसँग कुराकानी गर्दै सन् १९९० जनवरी १९ तारिखको रात भुल्नै नसकिने बताए। त्यसरात उनी हेरिरहेका थिए। तर, मस्जिदबाट ठूलाठूला लाउडस्पीकरमा नारा गुञ्जि रहेका थिए। केही धार्मिक थिए त केही पाकिस्तानी समर्थनमा। त्यो सँगसँगै कश्मिरी पण्डितलाई घर छाड्न दिएको चेतावनी पनि संजयले सम्झिए।
संजयले सन् १९९० जनवरी १९ तारिखको रात भुल्नै नसकिने बताए। मस्जिदबाट ठूलाठूला लाउडस्पीकरमा नारा गुञ्जिरहेका थिए। केही धार्मिक थिए त केही पाकिस्तानी समर्थनमा। त्यो सँगसँगै कश्मिरी पण्डितलाई घर छाड्न दिएको चेतावनी ।
त्यो घटना पश्चात ७० हजार कश्मिरी पण्डितले घर छाडिसकेको बताइएको छ। संजयले त्यो समयमा अहिलेको जस्तो सामाजिक सञ्जाल नभएता पनि रातको समयममा ठूलाठूला स्पिकरमा बोलिएको आवाजले उग्ररूप लिएको बताए। मस्जिदबाट आएको आवाज पश्चात कश्मिरी पण्डितलाई निस्किन धम्की दिँदै भिडभाड सडकमा जाम्मा भए। त्यसको भोलिपल्ट संजयले कल्पना नगरेको भीड सडकमा देखे। ‘कश्मिरी पण्डितलाई धेरै डरको माहोल थियो। साथै, तीव्र रुपमा पलायन पनि भइरहेका थिए’, संजयले भने।
यही माहोलका कारण जनवरी २१ मा त्यहाँ घटना घट्यो जसमा ५२ कश्मिरी पण्डितले ज्यान गुमाए भने १ सय ५० बढी घाइते भए। त्यसपछि त्यहाँ मस्जिदमा नाम टाँसिने प्रसंगलाई संजयले सम्झिए। उनले त्यहाँ नाम टासिने कश्मिरी पण्डित र कर्मचारीलाई टार्गेट गरेर मारिने बगरेको बताए। ‘त्यहाँ केही हातले टाँसिएका पोस्टर पनि बजारमा देखिने गरेर टासिन्थ्यो। त्यहाँ नाम लेखिएकालाई कश्मीर छाड्न चेतवानी दिइन्थ्यो’, संजयले भने। यद्दपी त्यहाँका केही सज्जनले मस्जिदमा टाँसिने लिस्टको नाम थाहा पाउदा अगाडि नै मान्छेलाई सुचित गरिदिने गरेका पनि थिए।
संजयले त्यसपछि कश्मिरी पण्डितसँग छिमेकीले समेत बोलचाल बन्द गरेको सम्झिए। ‘हामीसँग बोल्नेलाई पनि डर भएको हुनु पर्दछ, सायद। त्यसैले हाम्रा छिमेकीले पनि बोल्न छाडे। यद्दपी त्यहाँ रहेका ६० प्रतिशत कश्मिरी पण्डितलाई स्थानीय कश्मिरीले नै बचाएका हुन्’, संजयले भने। यद्दपि त्यहाँबाट ती परिवार पलायन भए। त्यहाँ घटनाको समयमा मारिएकाको आफ्नै कथा छ।आफ्नो घर छाडेर अन्य ठाउँमा पलायन हुन् बाध्य भएका ती कश्मिरी पण्डित घर फर्किन पाउलान् त ? यो प्रश्न नै फिल्मले उठाएको मुख्य विषय हो।
फिल्म रिलिज भएपछि यसलाई यथार्थ भनेर प्रतिक्रिया प्राप्त भइरहेको छ। सन् १९९० को त्यो समयलाई कश्मिरी पण्डितले भुल्न सकेका छैनन् । साथै, पलायन हुनुको आफ्नै पीडा छ। आफ्नो घरमै असुरक्षित महसुस गर्दा उत्पन्न हुने मनोविज्ञान आफैँमा डर लाग्दो छ।
फिल्म रिलिज भएपछि यसलाई यथार्थ भनेर प्रतिक्रिया प्राप्त भइरहेको छ। सन् १९९० को त्यो समयलाई कश्मिरी पण्डितले भुल्न सकेका छैनन् । साथै, पलायन हुनुको आफ्नै पीडा छ। आफ्नो घरमै असुरक्षित महसुस गर्दा उत्पन्न हुने मनोविज्ञान आफैँमा डर लाग्दो छ। जसको सामना त्यसबेला कश्मिरी पण्डितले गरेका थिए। उनीहरुको त्यो पीडा र भोगाइलाई फिल्म ‘द कश्मीर फाइल्स’ ले आम मानिस कहाँ पुर्याउने कोशिस गरेको छ।
सन् १९९० को दशकमा कश्मीरबाट अल्पसंख्यक कश्मिरी पण्डितलाई कसरी मुसलमान पृथकतावादीले बल प्रयोगको माध्यमबाट त्यहाँबाट लेखेटे भन्ने विषय फिल्मको कथावस्तु हो। पछिल्लो समय ओटिटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कमजोर भइरहेको समयमा समीक्षा र वर्ड अफ माउथकै कारण ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको हो । फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मुर्तरुप दिएको हो। फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठूला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन्।
पछिल्लो समय ओटिटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कमजोर भइरहेको समयमा समीक्षा र वर्ड अफ माउथकै कारण ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको हो ।
विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ। सामाजिक सञ्जालसँगै राजनीतिज्ञ, फिल्म र मनोरञ्जन उद्योगमा ‘द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ। कश्मिरी पण्डित कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म कयौं थिएटरमा हाउसफूलका साथ चलिरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मको प्रशंसा गर्दै कश्मीरको यथार्थ बाहिर ल्याएकोमा फिल्म टिमलाई बधाई दिएपछि फिल्मको चर्चा भयो। केहीले यसलाई प्रपोगाण्डासमेत भने। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सरकार चलाइ रहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरिसकेको छ। उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मको प्रशंसा गर्दै कश्मीरको यथार्थ बाहिर ल्याएकोमा फिल्म टिमलाई बधाई दिएपछि फिल्मको चर्चा भयो।
दोस्रो विधानसभा चुनावपछि पुनः सत्तामा फर्किएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पहिलो निर्णय गर्दै फिल्मलाई करबाट मुक्त गरिएको घोषणा ट्वीटरमार्फत गरेका थिए । बीजेपीका अधिकांश नेताले फिल्मलाई शानदार भनेका छन् र उनीहरूले जनतालाई फिल्म हेर्नका लागि अपिलसमेत गरेका छन्।
प्रतिक्रिया