लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू चुनावी गठबन्धनको विपक्षमा « Khabarhub

लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू चुनावी गठबन्धनको विपक्षमा


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिस्पर्धा गर्ने  बताइरहेका बेला लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू भने गठबन्धनको विपक्षमा छन् ।

गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाइदा भए पनि कांग्रेसलाई घाटा हुने उनीहरूको तर्क छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रबाट गठबन्धन लादिए त्यो स्वीकार्य नहुने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहे पनि स्थानीय नेता कार्यकर्ता त्यसको विपक्षमा देखिएका हुन् । संस्थापनइतर समूहमा रहेका लुम्बिनी प्रदेश सभापति पुनले कांग्रेस एक्लै चुनावमा जाने बताए ।

कार्यकर्ताको भावना पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने रहेकाले नेतृत्वले कार्यकर्ताको भावना बुझेर निर्णय गर्ने उनको विश्वास छ । ‘कार्यकर्ताको भावना विपरीत गठबन्धन गरिए त्यो कांग्रेसकै निम्ति दुर्भाग्य हुन्छ, हामीले केन्द्रबाट गर्ने गठबन्धनको निर्णय स्विकार्न सक्दैनौँ,’ पुनले भने ।

उनले गठबन्धनको निर्णय पार्टीको स्थानीय कमिटीलाई दिनुपर्ने तर्क गरे । ‘कहीँ कतै आवश्यकता ठानिए स्थानीय कमिटीले निर्णय गर्न सक्ने गरी केन्द्रबाट खुला गरिनुपर्छ, आमरुपमा गठबन्धन सम्भव छैन’, उनले भने ।

कांग्रेसले अहिले लुम्बिनी प्रदेशमा पालिकाहरूमा चुनाव केन्द्रित रणनीति बनाइरहेको छ । कांग्रेस नेता फणिन्द्र शर्माले गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा कार्यकर्ताको मनोभावना बुझेपछि थाहा हुने बताए । ‘कांग्रेसले गरिरहेको चुनाव केन्द्रित अभियानका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धन गर्नु हुँदैन भन्ने छ, तर केहीको मत भने गठबन्धन स्थानीय आवश्यकताका आधारमा गर्नुपर्ने भन्ने छ’, उनले भने ।

निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण समिति संयोजक तथा कांग्रेस रुपन्देही उपसभापति डा.अनिता शाहले निर्वाचन सम्भाव्यता अध्ययनका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धनको विपक्षमा रहेको बताइन् ।

तर, लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा भने स्थानीय कमिटीको निर्णयका आधारमा आगामी स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाबीच गठबन्धन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ५९ बजे

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी