भारतीय क्रिकेटमा रोहितको क्लीनस्वीप कप्तानी इनिङ | Khabarhub Khabarhub

भारतीय क्रिकेटमा रोहितको क्लीनस्वीप कप्तानी इनिङ

जो कसैलाई दुखाउन चाहन्नन्, सफलता चाहन्छन् !



काठमाडौँ : विराट कोहलीले कप्तानी छाडेपश्चात भारतमा टेस्ट क्रिकेटको भविष्यलाई लिएर चिन्ता ह्वात्तै बढेको थियो । कोहलीले भारतीय क्रिकेट मात्रै होइन, पूरै विश्वभर टेस्ट क्रिकेटको रोमाञ्चकतामा परिवर्तन ल्याइदिएका थिए । तर उनैले अचानक टेस्ट क्रिकेटको कप्तानी छाडिदिए । चिन्ता बढ्नु स्वभाविक थियो ।

तर तत्काललाई कोहलीको कप्तानी अभाव महसुस भएपनि श्रीलंकाविरुद्धको टेस्ट क्रिकेट सिरिज क्लीनस्वीप गरेपछि रोहित शर्माले भारतीय टेस्ट क्रिकेटको आशा जिवितै राखेका छन् ।

टेस्ट कप्तान बनेपछिको पहिलो सिरिज क्लीनस्वीप गरेपछि रोहितलाई यसले राहत दिएको छ । किनकी रोहितले टेस्ट खेल्न थालेको धेरै भएको छैन । भारतको पूर्णकालीन कप्तान बनेपछि रोहितले खेलेका ४ टेस्टमा ३ जित निकालेका छन् । एउटा टेस्ट भने बराबरीमा सकिएको थियो ।

कोहलीको कप्तानीमा फास्ट बलरको टोली बन्न सफल भएको भातर अहिले फरक टिमका रुपमा प्रस्तुत भइरहेको छ । नयाँ ब्याटरलाई उच्च महत्व र बलरको प्रयोगलाई नयाँ हतियार बनाएका रोहितले टेस्टसँगै तीन एकदिवसीय क्लीनस्वीप गरिसकेका छन् । यसबीचमा नौँ वटा टी–ट्वान्टी सिरिज जितेका रोहितले भारतलाई २० ओभरको खेलमा नम्बर एक टी–ट्वान्टी टिम बनाइसकेका छन् ।

युवा स्टारलाई चम्काउने कप्तान

भारतले श्रीलंकाविरुद्ध तीन खेलको टी–ट्वान्टी र दुई खेलको टेस्ट क्रिकेट सिरिज क्लीनस्वीप गरेको थियो । जहाँ भारतीय टिमको कप्तानीका रुपमा रोहितले आफूलाई प्रमाणित गरे । उनी आफू बलियो सुरुवात गरेर खेल खेल्ने र जिताउने श्रेय खेलाडीलाई दिन रुचाउँछन् । त्यही भएर उनी आइपीएलका सर्वाधिक सफल कप्तानका रुपमा परिचित पनि छन् ।

हालै सम्पन्न भएको श्रीलंकाविरुद्धको सिरिजको पहिलो टेस्ट खेलअन्तर्गत पहिलो इनिङ्समा नै अविजित हुँदै रविन्द्र जडेजाले १ सय ७५ रन जोडे । १७ चौका र ३ छक्का प्रहार गरेका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । बलिङमा जडेजाले ५ विकेट लिन सफल भए ।

साथै फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ द मन्थ’ भएका श्रेयास आयरले पनि ९८ बलमा १० चौंका र ४ छक्का प्रहार गर्दैँ ९२ रनको योगदान गरे । श्रीलंकाको पहिलो इनिङमा १० ओभरमा जस्प्रित बुम्राहले पाँच विकेट लिन सफल भए । यस्तै युवा स्टाइलिस विकेटकिपर ब्याटर रिषभ पन्तले पहिलो इनिङमा ७६ रन जोडे ।

पन्तको उपस्थितिले मैदानमा आएको परिवर्तनले त्यतिकै अपेक्षा रह्यो । साथै पन्तले आफुलाई भरपर्दो विकेट किपर ब्याटरका रुपमा उभ्याउन फेरि एकपटक सफल भए । दुई इनिङमा राम्रो प्रदर्शन गरेका पन्त ‘प्लेयर अफ द सिरिज’ पनि बने । आइपीएलका उत्कृष्ट कप्तान रोहितको नेतृत्वमा दिल्लीका युवा ब्याटर आयर र पन्तको लोभलाग्दो प्रदर्शनलाई पनि भारतीय क्रिकेटको भविष्यको रुपमा हेरिएको छ ।

त्यति मात्रै होइन आइपीएलमा सुर्यकुमार यादव, इशान किसान, अभेष खान, राहुल चाहर लगायत खेलाडीलाई रोहितले नै चम्काएका थिए । अहिले भारतीय टिममा पनि रोहितले पन्त, आयर मात्रै होइन दीपक चाहर, सूर्यकुमार, भिनेष आयर लगायतका खेलाडीलाई पनि चम्काउन पूरा प्रोत्साहन गरेका छन् ।

परिपक्व कप्तानीको परिचय

रोहितले यस पटकको सिरिजमा मात्र होइन, यसअघि पनि उनले थुप्रै खेलमा आफ्नो सुझबुझपूर्ण नेतृत्व भारतीय टिमलाई दिएका छन् । जसमध्ये एउटा घटना सन् २०१८ को पनि छ । जतिबेला रोहितले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा कप्तानी गरेका थिए ।

रोहितकै योजनाले खेल्दा निर्णायक खेलमा भारतले जित्दा रोहित सिरिज विजेता कप्तान चुनिए । तर उनी त्यतिबेला त्यो खेलको मात्रै कप्तान थिए । कोहलीको ढाडमा समस्या भएका कारण रोहितले तेस्रो खेलमा कप्तानी गरेका थिए । आफ्नो प्रदर्शनले सबैलाई चकित नबनाए पनि आफ्नो कप्तानीले भने रोहितलाई भारतीय प्रशंसकलाई खुशी पारेका थिए ।

त्यतिबेला रोहितले भूवनेश्वर कुमारलाई भारतीय पेसरका रुपमा उतार्न सफल भए । दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा जितका लागि केवल १९ रनको खाँचो थियो । तर भुवनेश्वरले जम्मा ११ रन मात्रै दिए ।

रोहितले भारतको भारतको कप्तानी पहिलोपटक सन् २०१७ को डिसेम्बरमा गरेका थिए । श्रीलंकाविरुद्धको नै तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखलामा रोहितले सिरिज क्लिनस्वीप गरेका थियो । सो बेला पनि विराट घाइते भएका कारण खेल्न सकेका थिएनन् । रोहितले यस पटक पनि श्रीलंकाविरुद्धको टोली माथि क्लीनस्वीप विजय यात्रा जारी गरेका छन् । जुन उनको पूर्णकालीन कप्तानी यात्राको सुरुवात हो ।

त्यतिमात्रै होइन भारतले घरेलु मैदानमा वेष्ट इण्डिजविरुद्धको सिरिज पनि क्लीनस्वीप गरेका थिए । यसले भारतीय क्रिकेटलाई विराटको भरोसा मात्रै होइन, रोहितको कप्तानीले पनि सफलता यात्रालाई निन्तरता दिन सक्छ भन्ने गतिलो प्रमाण पेश गरेको छ ।

त्यति मात्रै होइन, श्रीलंकाविरुद्ध १०० औँ टेस्ट खेलेका वर्तमान पुस्ताका महान क्रिकेटर विराट कोहलीलाई गार्ड अफ अनर दिन पनि रोहित शर्माले कन्जुस्याई गरेनन् । यसैबाट देखिन्छ, उनी स्वार्थी छैनन्, केवल सफलता चाहन्छन् । कसैलाई दुखाएर होइन, सबैलाई हसाँएर क्रिकेटमा रमाउन चाहन्छन् ।

यदि आउँदा वर्षका विश्वकपमा भारतलाई आइसीसीको ट्रफी दिलाउन सके पनि उनको कप्तानी इनिङले नयाँ उचाई हासिल गर्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : २७ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि