प्रचण्ड आज सिन्धुली जाँदै « Khabarhub

प्रचण्ड आज सिन्धुली जाँदै


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज सिन्धुली जाँदैछन् । अध्यक्ष प्रचण्डले सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्नेछन् ।

प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिनेछन् । अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन् ।

उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउने गरेका छन् । गठबन्धनलाई सहायक प्राथमिकता दिएको उनको भनाइ छ । सत्ता नेतृत्व दल कांग्रेस गठबन्धनसहित निर्वाचनमा जाने भन्नेमा स्पष्ट नहुँदा प्रचण्ड दोधारमा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्