सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

अन्य पाँच जना घाइते भएका छन् ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

कविलासी नगरपालिका–६ जमुनियास्थित भित्री सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा भारतीय नम्बर प्लेट बीआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२ निवासी २८ वर्षीय धर्मेन्द्र रामको ज्यान गएको हो ।

यसैबीच, शुक्रबार सर्लाहीको बागमतीमा तीव्र गतिको मोटरसाइकल म्याजिक भ्यानमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना.१ ज २५०५ नम्बरको म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको बा. ७४ प ७५३४ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

घाइते हुनेमा हरिवन नगरपालिका–१ केराबारीका २६ वर्षीय विमल राई र हरिवन नगरपालिकाकै वडा नम्बर ८ का विकास भनिने वीरबहादुर राई रहेका प्रहरीले जनाएको छ।

दुवै जनाको हरिवनस्थित नमुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : ३७ बजे

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ