पर्यटक लोभ्याउँदै गुराँस « Khabarhub

 पर्यटक लोभ्याउँदै गुराँस


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुमको चोलुङ पार्कमा फुलेको रत्ताम्यै गुराँसले पर्यटकलाई स्वागत गरिरहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ ।

पार्कमा फुलेको गुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासीको भनाइ छ । यही कारण तिनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ । टिएमजेलाई गुराँस राजधानी पनि भनिन्छ  । गुराँस फुल्ने सिजन सुुरु भएसँगै यस क्षेत्रको स्वरूप नै रङ्गीन बनेको छ । यहाँका होटल व्यवसायी समेत पर्यटकको स्वागत सत्कारका लागि आतुर छन् ।

फागुनदेखि बैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय बिस्तारै फस्टाउन थालेको छ । विगतका वर्षहरू भन्दा यसवर्ष अधिक मात्रामा हिउँ परेसँगै गुराँसको सिजन अघि नै पर्यटकहरू आउँन थालेका थिए । हिउँमा रमाएका पर्यटकको चाप सेलाउन नपाउँदै गुराँस हेर्ने बढेका छन् । काठमाडौँबाट चोलुङ पार्क पुगेका जीवन श्रेष्ठ भन्छन्, ‘गुराँस फुलेपछि श्रीमतीसहित यता आएको छु । गुराँसको बोटमा फोटो लिने धेरै पर्यटक भेटेँ ।’

यहाँ विशेषगरी सिजनमा वसन्तपुरको चोलुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतिबेला भने यसक्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेगतर्फ गुराँस फुल्न थालेको छ ।

गुराँससँगै प्राकृति सुन्दरतामा रमाउन चहने पर्यटक यहाँ आउँछन् । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन पर्यटकको चाप बढी हुन्छ ।

विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यहाँ २८ प्रजाति पाइन्छ । गुराँस संरक्षणका लागि स्थानीय वन उपभोक्ता समितिले गुराँसको बिरुवा रोप्ने लगायत काम गर्दै आएको छ । गुराँस एक हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : २० बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५