तामिल निर्देशकको फिल्ममा वरुण « Khabarhub

तामिल निर्देशकको फिल्ममा वरुण


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिज, केजिएफपछि पुष्पाले पुनः साउथ इन्डियन फिल्मको बजारलाई बलिउडमा विस्तार गरेको छ ।

साउथ फिल्मलाई लिएर नर्थ इन्डियन दर्शकमा बढ्दो क्रेजलाई मध्यनजर गर्दै पछिल्लो समय साउथका फिल्महरु हिन्दी भाषामा हलमै आउने गरेका छन् । केहि अगाडीसम्म हिन्दी भाषामा युट्युबमा आउने फिल्महरु पछिल्लो समय सेम डेटमा हलमा आइरहेका छन् । यसैले गर्दा बलिउडका एक्टरहरु पनि साउथ इन्डियन मेकर्ससँग काम गर्न तत्पर छन् ।

पछिल्लो समय सलमान खानले चिरन्जीवीको फिल्ममा काम गर्दैछन् भने वरुण धवनले पनि भेटघाट बढाएका छन् । थ्रिलर र एक्सन श्रेणीका साउथ इन्डियन फिल्महरु निर्देशन गरिरहेका निर्देशक एटलीसँग वरुणले भेटघाट गर्दै प्रोजेक्टको बारेमा कुराकानी गरेका छन् ।

भारतीय मिडियाले वरुण र निर्देशक एटलीको भेटमा विजय अभिनित सफल फिल्म ’थेरी’ लाई हिन्दीमा रिमेक गर्ने कुराकानी भएको उल्लेख गरेका छन् ।

एटलीकै निर्देशन रहेको ’थेरी’ लाई दर्शकले रुचाएका थिए । त्यसैले वरुण पनि उक्त फिल्म मार्फत एक्सन अवतारमा दर्शक समक्ष आउन चाहन्छन् । वरुण यसका साथै सफल निर्देशक नीतेश तिवारीको फिल्ममा समेत काम गर्दै छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ०० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित