रुपन्देही सुपर लिग क्रिकेट: खुकुरी क्लबको जित « Khabarhub

रुपन्देही सुपर लिग क्रिकेट: खुकुरी क्लबको जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा लुम्बिनी खुकुरी क्लब विजय भएको छ ।

सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरमा ४४ दशमलव एक ओभरमा एक सय ५३ रन बनाएको थियो । जसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन बनाए । एमसीसीका रोशनलाल गुप्ताले चार, रमेश कुर्मी, सन्तोस यादव र सबिन शाक्यले समान दुई विकेट लिए ।

एक सय ५४ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको एमसीसी २४ ओभरमै समेटिएर ६२ रन मात्र जोड्न सक्यो । सबै विकेट गुमाएर लक्ष्यमा पुग्न नसकेको एमसीसीलाई ९१ रनको अन्तरले हार ब्यहोर्नु पर्‍यो ।

जसका लागि रोसनलाल गुप्ताको एकल प्रयासमा सर्वाधिक २८ र सुशान्त थापाले १२ रनको योगदान गरे । टिमका लागि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेपछि हारको सामना गर्नु पर्‍यो । दुर्गेश गुप्ताले चार, अजयकुमार चौहानले तीन र लालबहादुर अधिकारीले दुई  विकेट लिए ।

शनिबारको खेलमा लुम्बिनीका दुर्गेश गुप्ता म्यान अफ द म्याच बने । आइतबार बुद्ध क्रिकेट क्लब र वेस्टर्न क्लबबीच प्रतियोगिता हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : १० बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क