चेल्सी क्लबका मालिकको सहित १ सय रुसी विमानमाथि अमेरिकाद्वारा उडान प्रतिबन्ध « Khabarhub

चेल्सी क्लबका मालिकको सहित १ सय रुसी विमानमाथि अमेरिकाद्वारा उडान प्रतिबन्ध


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी प्रशासनसँग सम्बन्ध रहेको भनिएका १ सय विमानलाई अमेरिकामा उडान भर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले युक्रेनविरुद्ध आक्रमण गरिरहेको रुसमाथि लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने १ सय विमानलाई उडान भर्न प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी उडान प्रतिबन्धमा परेको विमानको सूचीमा इङ्गलिस क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचको एउटा विमान पनि परेको जनाइएको छ । यो सूचीमा रुसको हवाई सेवा प्रदायक कम्पनी एरोफ्लोटका विमानहरू पनि छन् ।

सूचीमा अधिकांश अमेरिकी जहाज निर्माता कम्पनी बोइङका विमान रहेपनि अब्रामोभिचले प्रयोग गर्ने गल्फस्ट्रिमको एउटा विमान पनि रहेको बीबीसीले जनाएको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता विमानमा इन्धन भर्ने, मर्मत गर्ने र अरु प्राविधिक सहायता गर्ने काम पनि अमेरिकी प्रतिबन्धात्मक व्यवस्थाको विरुद्धमा हुने बताइएको छ । यससँगै विश्वका कुनै पनि ठाउँमा यस्ता विमानलाई सेवा दिने कार्य अमेरिकी प्रतिबन्धको विरुद्धमा हुने ठहर गर्दै भारी जरिवाना र सम्भावित कारावासको सजाय हुने समेत चेतावनी दिइएको छ ।

अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्दोले पछिल्लो कदम युक्रेनमाथि रुसको कठोर ‘चाहनाको युद्ध’ को प्रतिक्रियास्वरूप आएको जनाएकी छिन् । ‘हामी यो सूची सार्वजनिक गर्दैछौ, ता कि विश्वले थाहा पाओस् हामी कुनै पनि रुसी वा बेलारुसी कम्पनी वा धनाढ्यले दण्डरहित हिसाबमा यात्रा गर्न नसकून् ।’ उनले भनिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ४५ बजे

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा