‘गठबन्धनभन्दा पनि पार्टी जिताउने कुरालाई महत्व दिएका छौँ’ : डा. महत « Khabarhub

‘गठबन्धनभन्दा पनि पार्टी जिताउने कुरालाई महत्व दिएका छौँ’ : डा. महत


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले चुनावी गठबन्धनभन्दा पार्टी कसरी जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले शनिबार नेपालगञ्जमा गरेको कार्यक्रममा प्रवक्ता डा. महतले काँग्रेसले चुनावी गठबन्धनभन्दा पनि सबैभन्दा बढी सिट कसरी हासिल गर्ने भन्ने कुरा सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनका बारेमा काँग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने पनि उनले बताए ।

डा. महतले आगामी केन्द्रीय कमिटीको बैठकले गठबन्धनको विषयमा निर्णय लिने पनि स्पष्ट पारे ।

उनले काँग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दाबी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौँ, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौँ ।’

डा. महतले निर्वाचन केन्द्रित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ०८ बजे

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन