सुर्खेतमा टिपरमा मोटरसाइकल ठोक्कियो, एक किशोरीको मृत्यु « Khabarhub

सुर्खेतमा टिपरमा मोटरसाइकल ठोक्कियो, एक किशोरीको मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा टिपरमा मोटरसाइकल ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ ।

शनिबार वीरेन्द्रनगर नगरपालिका–११ रत्न राजमार्ग खण्डमा टिपरसँग मोटरसाइकल ठोक्किँदा लेकबेँसी नगरपालिका–५ सुर्खेत नेटागाउँकी १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कूलनजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे १ख ३३०२ नम्बरको टिपरमा सोही दिशाबाट आउँदै गरेको भे ७प १७९९ नम्बरको मोटरसाइल पछाडिबाट ठोक्किएको थियो ।

किशोरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते दुवैको अवस्था सामान्य छ । टिपर चालक बाँसगढी नगरपालिका–५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ४५ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन