युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी « Khabarhub

युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । रुसको इन्टरफ्याक्स समाचार संस्थाले युक्रेनमा पहिलो पटक किन्जल नामक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो ।

हाइपरसोनिक क्षेप्यास्त्र प्रहारबाट युक्रेनको पश्चिममा रहेको हतियार भण्डार केन्द्रलाई ध्वस्त बनाइएको दाबी गरिएको छ ।

‘हवाईब्यालिष्टिक प्रणालीको किन्जल हवाई क्षेप्यास्त्रले इभानो फ्रान्किभ्स्क क्षेत्रमा रहेको डेलियाटिन गाउँस्थित क्षेप्यास्त्र एवम् हवाई सैनिक उपकरण राखिएको भूमिगत भण्डारणलाई ध्वस्त बनाइदिएको छ ।’ रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले भने ।

इभानो फ्रान्किभ्स्क क्षेत्रको ५० किलोमिटर सीमा नेटो सदस्य मुलुक रोमानियासँग जोडिएको छ । आवाजको वेगभन्दा १० गुण तीव्र गतिमा उड्ने किन्जल क्षेप्यास्त्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आदर्श हतियार’ को संज्ञा दिएका थिए ।

किन्जल हाइपरसोनिक क्षेप्यास्त्रलाई रुसले सन् २०१८ मा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ५० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका