चर्चित गीत 'पिर'बाट हटाइयो ‘यौनकर्मी’ को दृश्य | Khabarhub Khabarhub

चर्चित गीत ‘पिर’बाट हटाइयो ‘यौनकर्मी’ को दृश्य


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी लडाकुको विषय समावेश गरी गायक प्रकाश सपुतले निर्माण गरेको भिडियो गीतबाट यौनकर्मीको दृश्य हटाइएको छ ।

गायक सपूतले पिर नामक गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका हुन् । गत साता सार्वजनिक भएको यो गीत निकै चर्चामा रहेको छ ।

गीतमा माओवादीका पूर्वलडाकु यौनकर्मी बनेको कथावस्तु समावेश भएपछि नेकपा माओवादी केन्द्रसम्बद्ध नेता तथा कार्यकर्ताहरूले यो भिडियो युट्युबबाट हटाउन गायक सपुतलाई चेतावनी दिँदै आएका थिए ।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

आलोचना भएपछि शनिबार गायक सपूतले यो गीतको अर्काे भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ११ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड