चिनियाँ विदेशमन्त्रीले यही महिनाको अन्त्यतिर भारत भ्रमण गर्ने « Khabarhub

चिनियाँ विदेशमन्त्रीले यही महिनाको अन्त्यतिर भारत भ्रमण गर्ने


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीले यही महिनाको अन्त्यतिर भारतको भ्रमण गर्ने भएका छन् । भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले यही महिनाको अन्त्यतिर चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेको जनाएको हो ।

कोरोना भाइरसको महामारी र सुदूर उत्तरी गलवान क्षेत्रमा दुई मुलुकका सेनाबीच भएको झडप यता चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेको यो पहिलो अवसर हुनेछ ।

लद्दाखको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच तनाव साम्य नभइसकेका बेला चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यसबाहेक दुबै मुलुकसँग राम्रो सम्बन्ध रहेको रुसले युक्रेनमाथि जारी राखेको आक्रमणका बेला चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्नुलाई भू राजनीतिक रुपमा पनि निकै चासोका साथ हेरिएको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएको छ ।

चीनले रुस, भारत, चीनबीचको त्रिपक्षीय समूह रिक र उदाउँदा अर्थतन्त्र भएका मुलुकहरू ब्रिक्सको अध्यक्षता गरिरहेको छ । सन् २०२० यता भारतीय विदेशमन्त्री एस जयशंकर र वाङ यी बीच विभिन्न अवसरमा भेटवार्ता भएपनि दुई मुलुकको सम्बन्धले गति लिन सकेको छैन ।

गलवान क्षेत्रमा जारी तनावका विषयमा भारतले चासो दिएपनि यसबारे चिनियाँ पक्षबाट यसको ठोस सम्बोधन हुन नसकेको भारतले गुनासो गर्दै आएको छ ।
 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ०६ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस