चिनियाँ विदेशमन्त्रीले यही महिनाको अन्त्यतिर भारत भ्रमण गर्ने « Khabarhub

चिनियाँ विदेशमन्त्रीले यही महिनाको अन्त्यतिर भारत भ्रमण गर्ने


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीले यही महिनाको अन्त्यतिर भारतको भ्रमण गर्ने भएका छन् । भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले यही महिनाको अन्त्यतिर चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेको जनाएको हो ।

कोरोना भाइरसको महामारी र सुदूर उत्तरी गलवान क्षेत्रमा दुई मुलुकका सेनाबीच भएको झडप यता चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेको यो पहिलो अवसर हुनेछ ।

लद्दाखको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच तनाव साम्य नभइसकेका बेला चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यसबाहेक दुबै मुलुकसँग राम्रो सम्बन्ध रहेको रुसले युक्रेनमाथि जारी राखेको आक्रमणका बेला चिनियाँ विदेशमन्त्रीले भारतको भ्रमण गर्नुलाई भू राजनीतिक रुपमा पनि निकै चासोका साथ हेरिएको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएको छ ।

चीनले रुस, भारत, चीनबीचको त्रिपक्षीय समूह रिक र उदाउँदा अर्थतन्त्र भएका मुलुकहरू ब्रिक्सको अध्यक्षता गरिरहेको छ । सन् २०२० यता भारतीय विदेशमन्त्री एस जयशंकर र वाङ यी बीच विभिन्न अवसरमा भेटवार्ता भएपनि दुई मुलुकको सम्बन्धले गति लिन सकेको छैन ।

गलवान क्षेत्रमा जारी तनावका विषयमा भारतले चासो दिएपनि यसबारे चिनियाँ पक्षबाट यसको ठोस सम्बोधन हुन नसकेको भारतले गुनासो गर्दै आएको छ ।
 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ०६ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको